राजधानीमा डेंगुरोग संक्रमितको संख्या बढ्यो २ डक्टर सहित ५५ जनामा देखा

Health

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  809 पटक हेरिएको

काठमाडौं भाद्र २०।  मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने डेंगुरोग नेपालको सुनसरी, कास्की, चितवन, मकवानपुर, झापा लगायतमा डेँगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि सर्ने रोग राजधानीमा बुधबार साँझसम्ममा दुई जना चिकित्सकसहित ५५ जनामा देखापरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सकले जनाएका छन् ।

विशेत त : गमला, फुलदानी, खाली बट्टा, गाडीका काम नलाग्ने टायर,खाल्डोमा जमेका पानीमा डेँगु भाइरस संक्रमित लामखुट्टेले फुल पारेपछि जन्मेका लामखुट्टेले टोकेपछि डेँगु रोग सर्ने गर्छ । डेँगु भाइरस संक्रमित लामखुट्टेले टोकेपछि एक्कासि ज्वरो आउने,टाउको दुख्ने,आँखाको गेडि तथा पछिल्ला भाग दुख्ने,ढाड जोर्नी तथा अन्य मांसपेशी दुख्ने,बान्ता लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुको जनाएको छ ।

केही सातादेखि राजधानीको स्वयम्भू, बालाजु, टेकु, लगन, असन र भक्तपुरको लोकन्थली, सल्लाघारी लगायतमा डेँगु रोगबाट संक्रमीत रोगीहरु देखा परेका छन् । चिकित्सकहरुले सर्वसाधारण सबै नागरिकहरुमा डेँगु रोगबाट बच्न ,त्यस्ता लामखुट्टेको निर्मुल गर्न सुत्दा झुल लगाउने, गमला, फुलदानी, खाली बट्टा, गाडीका काम नलाग्ने टायर,खाल्डोमा जमेको पानीलाई पोखाउने , फिनेल छर्ने र अन्य उपायहरु अपनाउन आग्रह गरेको छ । एक सातामा राजधानीमा डेँगु रोगबाट संक्रमित २ डक्टर सहित ५५ जना देखा परेकाले ठूलो महामारी लाग्नेमा सचेत गराईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार