फुनेसोद्धारा “फुनेसो तीज धमाका २०२३” आयोजना, सबै फुकुओकाबासी नेपालीलाई सहभागिताको लागि आह्वान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  169 पटक हेरिएको

जापान, भाद्र १९ ।

जापानको फुकुओका स्थित रहेको नेपालीहरुको पुरानो समाज फुकुओका नेपाली सोसाईटीले हरेक वर्ष जस्तै यो बर्ष पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । फुकुओकामा रहेको नेपालीहरुको पुरानो ईतिहास बोकेको फुकुओका नेपाली सोसाईटी स्थापनाकाल देखि नेपाल र नेपालीको पहिचान, नेपाली कला संस्कृतिलाई जापनिज समुदाय माझ प्रस्तुत गर्दै आईरहेको छ । यस बर्ष पनि हरितालिका तिजको अबसर पारेर फुनेसो तीज २०२३ आयोजना गरिएको हो । यस बर्ष नेपालबाट चर्चित कलाकारहरुको उपस्थितिमा कार्यक्रम आयोजना हुन लागिएको संस्थाका अध्यक्ष ईन्द्र घलेले भिजन अनलाईन न्युजलाई जानकारी गराएका हुन ।

यस बर्षको तीज धमाका नेपालबाट चर्चित कलाकार कल्पना दाहाल र प्रिति आलेका साथमा फुकुओकामा रहेका नेपाली कलाकारहरुको उपस्थितिमा तीज धमाका २०२३ आयोजना गर्न लागिएको बताएका हुन । कार्यक्रम यहि सेप्टेम्बर १७ तारीक आइतबारका दिन फुकुओकाको चिहायामा रहेको नामीकि हलमा आयोजना हुने भएको छ । १९९५ सालमा स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालदेखिनै नेपाल र नेपालीहरुका विभीन्न चाड पर्व बिशेष कार्यक्रम आयोजना गर्दै फुकुओकामा बसोबास गर्ने नेपालीहरुको अभिभावकिय भुमीका निर्वाह गर्दै आइरहेको छ, यस वर्ष पनि विगतका वर्षमा जस्तै “फुनेसो तीज विशेष कार्यक्रम २०२३” कार्यक्रम आयोजना गर्न लागीएको फुकुओका नेपाल सोसाइटी अध्यक्ष इन्द्र प्रसाद घलेले जानकारी दिनु भयो ।

यस कार्यक्रमबाट बचत भएको रकमको केही प्रतिशत रकम संस्थाद्धारा संचालीत सुख दुख कोषमा राखी नेपाल तथा जापानमा समस्यामा परेका नेपालीहरुका लागी गर्दै आइरहेको सहयोगलाई निरन्तरता दिने योजना रहेको अध्यक्ष घलेले जानकारी दिनु भयो । यस बर्ष फुनेसोले फुकुओकामा रहेका बिभिन्न ५ प्रमुख संघसंस्थालाई सह–आयोजकको रुपमा समाबेश गराई संस्थागत सहकार्यलाई पनि निरन्तर अगाडी बढाउने जनाएको छ । फुनेसोले आयोजना गर्न लागिएको फुनेसो तीज धमाका २०२३ मा सह–आयोजकको रुपमा संस्थागत सहभागिता जनाउनका लागि २० वटा टिकटको जिम्मा लिनुपर्ने प्राबधान राखिएको समेत अध्यक्ष ईन्द्र घलेले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

फुकुओकामा रहेको प्रमुख संस्थाहरु जनजाती महासंघ क्युस्यु क्षेत्रिय कार्यसमिति, एनआरएनए क्युस्यु क्षेत्रिय कार्यसमिति, हाम्रो नेपाल हामी नेपाली र फ्रेण्डसिप लायन्स क्लब सह–आयोजकको रुपमा रहने बताएका हुन । साथै नेपालबाट आउने कलाकारको जानकारी सहित विस्तृत रुपमा पुन जानकारी गराउने र सम्पुर्णमा सेप्टेम्बर १७ तारीकका दिन उपस्थितीका लागी अनुरोध गर्दै अन्य संघ संस्थाहरुलाई उक्त दिन कार्यक्रम नजुधाइदिनुहुन पनि संस्थाका अध्यक्ष घलेले अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार