फुकुओका, १९ भाद्र । गैर आवासीय नेपाली संघ जापानको हाल टोक्योमा जारी एनसिसि जापान निर्वाचनले विश्वमा रहेका नेपालीहरुको ध्यान केन्द्रित गरेको छ । निर्वाचन कमिटिले जारी गरेको निर्वाचन आचार संहिता र समय सिमा नजिकिदै गर्दा जापानको निर्वाचन ज्यादै रोचक र प्रतिस्पर्धी रहने अनुमान गरेका छन । हालको निर्वाचनमा एनसिसि जापानको अध्यक्ष पदको लागि मात्र ५ जनाको उम्मेाद्धारी परेकोले पनि सबैको चासोको विषय बनको छ । टोक्योबाट मात्र ४ जना अध्यक्षको प्रत्यासी देखिएको एनसिसि निर्वाचनमा क्यूस्यू क्षेत्रबाट १ जनाको उम्मेद्धारी परेको छ ।
जापानको निर्वाचनमा हालसम्म २ एनसिसि सदस्य सहित ८ जना उम्मेद्धारीहरु सर्वसम्मत निर्वाचित भएका छन । निर्वाचन प्रक्रियामा विभिन्न पदमा तीव्र प्रतिस्पर्धा देखिएको अवस्थामा आज नामावली फिर्ता लिने अन्तिम दिनको समय सिमा समेत सकिएको छ । आज अन्तिम समयमा क्यूस्यूबाट उम्मेद्धारी दिएका रामकृष्ण श्रेष्ठले आफ्नो नामावली फिर्ता लिएसङ्गै उपाध्यक्ष पदमा पनि निर्विरोध निर्वाचित भएका हुन । उपाध्यक्ष २ जना सङ्गै एनसिसि सदस्य २ जना, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष् १, कोषाध्यक्ष १ र महिला संयोजक १ गरी ८ जना निर्विरोध निर्वाचित भएका हुन ।