उपत्यकामा ४५४ जना सहित १३ सय ५९ जना कोरोना संक्रमित थपियो, कुल संक्रमित संख्या ४४ हजार २ सय ३६ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  471 पटक हेरिएको

काठमाण्डौं, भदौ १९ ।  

नेपालमा आज देशभर गरी १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा १३ हजार ६ सय ३८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर अहिले सम्म कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । त्यस मध्य सक्रिय संक्रमित १८ हजार ७ सय ४ संख्या पुगेको छ ।

त्यस मध्य १० हजार ९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्य ७ हजार ४ सय ६२ जना आईसोलेसनमा छन् भने जना होम आईसोलेसनमा रहेका छन् । कोरोनाबाट अहिले सम्म २५ हजार ६ सय ६१ जना डिस्चार्ज भएका छन् । १३ सय ५४ जना २४ घण्टामा डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ६ हजार ५ सय ६१ जना रहेका छन् । आईसीयुमा एक सय ५१ जना संक्रमित रहेका छन् भने भेन्टिलेटरमा २६ जना रहेका छन् ।

उपत्यकामा ४५४ जना संक्रमित पुष्टि

कोरोना नियन्त्रणका लागि भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरिए पनि उपत्यकामा कोरोना संक्रमण बढीरहेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाण्डौमा ३८६ , ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार