एनआरएनए जापानका अध्यक्ष पदमा पाँच उम्मेदवारहरु

NRNA, NCC, Japan

प्रकाशित:  1114 पटक हेरिएको

फुकुओका, १८ भदौ । गैरआवासीय नेपाली संघ जापानको अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । आगामी कार्यकाल (सन् २०१९/०२१) का लागि हुने चुनावमा पाँचजना अध्यक्षका प्रत्याशीहरु देखिएपछि चुनावी सरगर्मीले नेपाली समुदायमा गतिविधि बढेको छ ।

चुनावी मैदानमा निवर्तमान अध्यक्ष टासीवांग्दी लामासहित क्युसुका युवा प्रत्याशी किरण बर्मासम्म उत्रिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नेहरुमा लामा र बर्मासहित वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी र शिवप्रसाद पौडेलसँगै एनआरएनए आईसिसी सदस्य दिनेश गुरुङ पनि रहेका छन् ।


पाँचैजना उम्मेदवारले करिब तीन लाख नेपाली रुपैयाँका दरले अध्यक्ष पदका उम्मेदवारी दर्ता गर्ने क्रममा १५ लाख रुपैयाँ एनआरएन जापानको कोषमा जम्मा गरिसकेका छन् । अध्यक्ष पदका लागि लिइएको महंगो शुल्कले आगामी कार्यकालका लागि बाजी मार्ने नेतृत्वका लागि आर्थिक क्रियाकलाप सहज बनाइदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार