जापान, भदौँ १८ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ । अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको, प्रविधिको दुरुपयोग गरि ६० वटा ग्रुप मेल तयार पारी २९०४ मत मतदाताको मताधिकारको दुरुपयोग गरी खसालिएको तथ्यसहितको प्रतिवेदन बुझाएसँगै सोही प्रतिवेदनका आधारमा निर्वाचनमा अनियमितता भएको पाइएकोले राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचनको वैधताका बारेमा प्रश्न उठेको जनाएको छ ।
जापानको निर्वाचनमा धाधली भएकोमा विश्वस्त जस्तै देखिएको परराष्ट्र मन्त्रालयले जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि र अब हुने गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ, धाधलीरहित, निष्पक्ष र विश्वासनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत स्पष्ट जानकारी मन्त्रालयलाई गराउनका लागि निर्देशन समेत गरिएको छ ।
बिहिबार परराष्ट्र मन्त्रालयका सह सचिव भरतकुमार रेग्मीद्धारा हस्ताक्षरित गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का नामका पठाइएको पत्रमा निर्वाचन प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयावधि भन्दा पछिसम्म पनि निर्वाचन गराएइको, अगष्ट १५ पछिपनि प्रतिनिधिको विवरण पठाइएको, उम्मेद्धार भएका व्यक्ति नै निर्वाचन गराउने प्रत्रियामा सामेल भएको पाइएको, निर्वाचन आचार संहिताको पालना नगरि उलंघन गरिएको लगायतका गुनासा मौखिक तथा लिखित रुपमा मन्त्रालयमा आएकोले सोको बारेमा यथार्थ जानकारी दिनका लागि समेत संघलाई निर्देशन दिएको छ ।
दशौ अधिवेशनबाट चयन गरिएको अध्यक्ष मण्डलले निर्वाचनका सम्बन्धमा असन्तुष्ट ३० जना निर्वाचनमा पराजित उम्मेदवारहरुले उजुरी गरेपछि राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन समिक्षा तथा छानबिन समिति गठन गरेको थियो । सो समितिले गत हप्ता ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिङ लिकं एउटै मेलमा प्राप्त गरि २९०४ मत खसालिएको पाइएकाले निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।
परराष्ट्र मन्त्रालयबाट जारी पत्र
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।