आज थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि, १११२ जना कोरोना जितेर डिस्चार्ज भए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  450 पटक हेरिएको

 काठमाडौं,भदौ १७ ।

आज थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा ११ सय २० जना संक्रमित थपिएको बताए ।

जसमा ३ सय २० महिला र ८ सय रहेका छन् ।यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको डा. गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।

पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट  २५१ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार