पछिल्लो २४ घण्टामा १ हजार ६९ संक्रमित पुष्टि, कुल संक्रमित संख्या ४० हजार ५ सय २९ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  457 पटक हेरिएको

काठमाण्डौं, भदौ १६ ।   

नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभरका ल्यावहरुमा १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ संक्रमित भेटिएका छन् । यो सगैँ देशभर अहिले सम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस मध्य सक्रिय संक्रमित १८ हजार एक सय १२ रहेका छन् ।

त्यस मध्य संस्थागत आईसोलेसन १० हजार ८ सय ३२ जना रहेका छन् भने होम अब क्वारेन्टाईनमा ७ हजार ३ सय ९० जना रहेका छन् । यस्तै आज ७ सय ६८ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या २२ हजार एक सय ७८ पुगेको छ । यो भनेको ५५ प्रतिशत हो ।

भेन्टिलेटरमा १७ जना रहेका छन् भने आईसियुमा एक सय २७ संक्रमित रहेका छन् । यस्तै कोरोनाका कराण २ सय ३९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार