५० बर्षको उमेरमा स्वर्ण पदक जित्दै जापानी पाराओलम्पिक खेलाडी सुगिउराले बनाईन ऐतिहासिक रेकर्ड

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  511 पटक हेरिएको

जापान, भदौ १६ । 

ओलम्पिक खेल सकेर पुन पाराओलम्पिक चलिरहेको छ । जापानमा जारी पाराओलम्पिक २०२० मा जापानको खेलाडीले पाराओलम्पिक खेलाडी सुगिउरा केईकोले अर्को ऐतिहासिक रेकर्ड कायम गरेकी छिन् । सुगिउराले ५० वर्षको उमेरमा स्वर्ण पदक हात पार्दै जापानको सबैभन्दा धेरै उमेरमा स्वर्ण पदक प्राप्त गर्ने पहिलो खेलाडीको रुपमा ऐतिहासिक रेकर्ड कायम गरेकी हुन् । सुगिउराले अगस्ट ३१ तारिख उनले महिला C1-3 साईक्लिङमा रेकर्ड कायम गरेकी हुन् ।

फार्मासिस्टको रुपमा पनि कार्यरत सुगिउरा यस अघि एबल बोडिड् ट्राईथालन एथलेट्सका रुपमा खेल्दै आएकी थिईन् । सन २०१६ को पाराओलम्पिकमा पनि ट्राईथालोनमै प्रतिष्पर्धा गरेकी सुगिउरा त्यस समय साईकलबाट लडेर मस्तिस्कमा चोट पुगेको थियो । त्यसपछि उनले हालको विधा रोजेकी थिईन् । सुगिउरा यहि सेप्टेम्बर ३ तारिख फेरि अर्को स्वर्ण पदकका लागि C1-3 दौडमा प्रतिष्पर्धा गर्नेछिन् ।

जापानकै पाराओलम्पिक खेलाडी यामादा मियुकी यहि पाराओलम्पिकमा सबैभन्दा सानो उमेर-१४ वर्षमा पाराओल्मिक च्याम्पियन बन्न सफल भएकी थिईन् । हाल जापानमा जारी पारओलम्पिक खेलमा नेपाली खेलाडीहरु पनि सहभागि भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार