जापान, भाद्र १४ ।
बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानले नेपाल बाट जापान भर्मण मा आउनु भएका गोदाबरी नगर पालिका मेयर गजेन्द्र महर्जन र महा लक्ष्मी नगरपालिका का उप मेयर लक्ष्मी मर्जन लाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ❘
गोदाबरी नगर पालिका मेयर गजेन्द्र महर्जन र महा लक्ष्मी नगरपालिका का उप मेयर लक्ष्मी मर्जन लगायत तार्केस्वर नगरपालिका को प्रशासन प्रतिनिधि,ठिमी नगरपालिका प्रशासन प्रतिनिधि,गोदाबरी नगरपालिका को प्रशासन प्रतिनिधि लाई स्वागत ताथा बिसेष अन्तर्क्रिया आयोजना गरेको थियो❘
बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानका अध्यक्ष डा.बलराम श्रेष्ठ ज्युको अध्यक्षता संपन्न भएको कार्यकर्ममा प्रमूख अथिती गोदाबरी नगर पालिका मेयर गजेन्द्र महर्जन ज्यू विशेष अथिति महा लक्ष्मी नगरपालिका का उप-मेयर लक्ष्मी महर्जन ज्यू ले गर्नु भएको थियो भने अर्का विशिष्ट अतिथीमा एनआरएनए आईसीसी का उपाध्यक्ष महेश कुमार श्रेष्ठ ज्यू र एनआरएनए जापान का संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग ज्यू हुनु हुन्थ्यो❘
त्यस्तै अन्य अथितीमा एन आर एन जापान कि संरक्षक अनिता गुरुङ, नेपालले जन सम्पर्क समिति जापान का उप सभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमकट्टेल ज्यू ,नेपाल जनसम्पर्क समिति जापान का कोषाध्यक्ष एबम महाधिवेशन प्रतिनिधि बाबुराम सापकोटा ,तार्केस्वर नगरपालिकाको प्रशासन प्रतिनिधि ,ठिमी नगरपालिका प्रशासन प्रतिनिधि गोदाबरी नगरपालिका को प्रशासन प्रतिनिधि,एन आर एन केन्द्रिय सदस्य रामु कंडेल, मन्जु बन ज्यू को लगायत बिशिस्ट व्यक्तित्वहरुको आतिथ्यमा कार्यक्रम संपन्न भयको थियो ! कार्यक्रममा जापान स्थित बिभिन्न समाजका प्रतिनिधी ज्यु सामजिक अभियन्ता लगायत को बाक्लो उपस्थिति रहेको थियो❘
कार्यक्रम्को स्वागत मतव्य नेपाल जन सम्पर्क समिति जापानको उपाध्यक्ष राजेन्द्र जमकटेल ले गर्नु भएको थियो❘भने बोल्ने अधिकांस वक्ता हरू ले बिपी र गणेशमान का त्याग योगदान को स्मरण गर्नु भएको थियो ❘ नेपालली जन सम्पर्क समिति जापान का उप सभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमकट्टेल ज्यु ले बिपि र गणेशमान ले गरेकाे याेगदान लाई स्मरण सम्मान गर्दै उहाँ हरूले समाजको बिसाया मा गरेको परिकल्पना गरे जस्तै सँगठन लाई भोली का दिन मा पनि त्यसै गरी अगाडि बढाउँदै संगठन लाई तुस्त दुरुस्त सांगठनिक रूपमा बलियो बनाउनु पर्ने जोड गर्नु पर्ने र मेयर र अप मेयर ज्यु हरूलाइ जापान काे प्रबिधि , सिस्टम जस्तै सुशासन पनि नेपाल मा लागू गर्न लागि सुझाब तथा शुभकामना दिनु भयो❘
बिसेष अतिथि को रुपमा एन आर एन उपाध्यक्ष महेश श्रेष्ठ ले बिश्व भरि छरिएर रहेको सम्पूर्ण गैर आबासिय नेपाली को आर्थिक सामाजिक र राजनीतिक सम्पनताको लागि काम गर्ने प्रबासमा बसेर मतदान गर्न पाउने सुबिधा प्रयोग गर्न पाउने, गैर आबासिय नेपालीलाई परेको मिर मर्का लाई सरकार ले तत्काल सम्बोधन गर्न व्यवस्था मिलाउने रोजगारको सुबिधा लगायत को ब्य्बस्थाहरु लाई सहज गर्ने पर्ने र नेपालको रास्ट्रिय बजेट भन्दा ३ गुणा ठुलो आर्थिक बजेट को गैर आबासिय नेपाली हरुले बिदेशमा लगानी र प्रबर्दन गरिरहेको हुनाले यस तथ्य लाई नेपाल संग जोड्न जरुरि भएको बारेमा प्रकास पार्नु भयो ❘
कार्यक्रम का प्रमुख गजेन्द्र महर्जन ले जापन बाट नेपाल ले प्रबिधि र अनुसाशन सिकेर अगाडी बढ्नु पर्ने र जापानिज हरु जस्तै मेहनती हुनु पर्ने बारेमा बोल्नु भएको थियो भने उप मेयर लक्ष्मी महर्जन ले जापान को जाईका ले जापान मा विपद ब्यबस्थापन लगायत बिसयमा जापानमा आएर सिक्न अबसर प्रदान गरेको र जापानमा पनि नेपाली हरुको एकता र संग सस्थाको महत्वपूर्ण क्रियाकलापमा सहभागीता तथा स्वागत गरि गरिमा बढाई दिनु भएको मा धन्यबाद ज्ञापन गर्नु भयो !
कार्यकमको अध्यक्षता गर्दै डा.बलराम श्रेष्ठ ले नेपालको स्थानीय निकाया तथा सरकारी संघ सस्था हरु जनता मैत्री हुन् पर्यो जना चाही नियम कानुन मैत्री हुन् पर्छ साथै मेहनत बापत मात्र कमाई गर्न पर्छ मेहनत नगरी कमाएको रकमको महत्व कानुनी बैधता नहुने शिक्षाको बिकाश गर्दै जानु पर्ने र कुनै पनि संघ सस्था घुस मैत्री हुनु नहुने केवल सेवामैत्री हुन् सक्यो भने मात्र समाज र देश को बिकाश हुन् सक्छ,जापानमा अध्यन गर्न उपाचार गर्न,काम पाउन,ब्यापार ब्यबसाय गर्ने कतै कुनै कर्मचारी नेता भेट्न पर्दैन, सरल रुपमा गर्न सकिन्छ तर नेपालमा नेपाल मा जन्मेर पनि नेपाली हु भनेर नागरिता लिन पनि ठुलो संघर्ष गर्न पर्ने हुन्छ जुन कुराले जनता मैत्री र सेवा मैत्री हुन् नसकेको अवस्था छ जसले गर्दा नेपालको बिकाशमा बाधा परेको देखिन्छ भनेर बोलिनु भयो ❘
बिपी र गणेशमान गरेकाे याेगदान लाई स्मरण सम्मान गर्दै भोली का दिन मा पनि त्यसै गरी अगाडि बढ्ने बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन का प्रबक्ता भेस नारायण श्रेष्ठ ले बताउनु भएक थियो !
कार्यक्रम जापान टोक्यो शिनओकुबु नाग्लो घर रेस्टरेन्टमा भयको थियो भने कार्यक्रम संयोजन तथा सन्चालन सामजिक व्यक्तित्व दिपक सुबेदी “बिप्लबले गरेका थियो l
कार्यक्रमका थप फोटाहरु