जापान, भाद्र १५ ।
हाल जापानमा नेपाली कलाकारहरुको उपस्थितिमा बिभिन्न कार्यक्रमहरु भईरहेको छ । हालसालै मात्र नेपाली महिलाहरुको महान चाड तीजको कार्यक्रमको लागि नेपालबाट बिशिष्ट कलाकारहरुको उपस्थितिमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । तीज पश्चातको अर्को नेपालीहरुको महान चाड बड़ादशैलाई मध्यनजर गर्दै बिशेष कलाकारहरुको उपस्थितिमा संगितिक कार्यक्रम गर्ने भएको छ ।
दशै बिशेष कार्यक्रमको लागि भने नेपालबाट चर्चित र्यापर भिटेन र डीजे रानीको आगमन हुने भएको छ । जापानको फुकुओका लगायत बिभिन्न शहरमा उक्त कार्यक्रम हुने भएको छ भने जापानको फुकुओका शहरमा भने प्लान डु सि ईन्टरटेनमेन्टले आयोजना गर्न लागिएको आयोजक कमिटीका सदस्य भीम बहादुर गुरुङले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।
उक्त दशै बिशेष सांस्कृतिक कार्यक्रम सेप्टेम्बर महीनाको २५ तारिक फुकुओका शहरको चुओ कु ईमा इजुमी तेंजिङ ईचि चोमेको ग्रेण्ड मिराज लाईभ हाउसमा हुने भएको छ । उक्त सांस्कृतिक कार्यक्रममा दर्शकको लागि २५०० टिकेट चार्ज राखीएको पनि जानकारी गराउनु भयो । इमाबाशि ईचि चोमेको ग्रेण्ड मिराज लाईभ हाउसमा सेप्टेम्बर २५ तारिक बेलुकी १८ः०० बजेबाट २१ः०० बजेसम्म जारी रहनेछ ।