जापानमा कायम आपतकाल तत्काल नहट्ने, आपतकाल हटाउन नसकिने स्वास्थ्य मन्त्रि तामुराको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  301 पटक हेरिएको

जापान, भदौ १५ ।  

कोरोना भाईरस कोभिड–१९ को महामारीमा फसेको जापानमा हाल कायम आपतकाल सेप्टेम्बर १२ पछि पनि तत्काल हटाउन सम्भव नहुने स्वास्थ्य मन्त्री तामुरा नोरिहिसाले एक टेलिभिजन कार्यक्रममा बताएका छन् । हाल जापानको ४७ मध्ये २१ मुख्य ठूला प्रान्तहरुमा आपतकाल लगाईएको छ । यस अघि आपतकाल सेप्टेम्बर १२ तारिखसम्म भनिएको भएता पनि मुलुकभर दिनहुँ बढिरहेको कोभिड संक्रमण ,बढ्दो गम्भीर बिरामीहरुको संख्या,अपर्याप्त अस्पताल सेवा लगायतका परिस्थितिहरुका कारण सेप्टेम्बर १२ तारिख नै आपतकाल हट्ने सम्भावना न्युन रहेको स्वास्थ्य मन्त्रि तामुराले बताएका हुन् ।

हालसालै एनएचके टेलिभिजनको एक अन्तर्वातामा तामुराले भने ‘वर्तमान परिस्थितिमा, आपतकाल हटाउनु निकै कठिन छ ‘ । जापानको सबै प्रान्तहरुमा हाल अत्याधिक संक्रमण देखिईंदै आएको छ । बढ्दो कोभिड संक्रमण महामारीकै बिच ओलम्पिक सम्पन्न गरेको जापानमा हाल पाराओल्पिक चलिरहेको छ । जापानमा ओलम्पिक पश्चात कोरोना संक्रमणको दर तिब्र रुपमा बृद्धि भईरहेको छ । यस्ता महत्वाकांक्षी ईभेन्टहरुले अझ जोखिम थपिरहेको छ। ।

यति मात्रै होईन राजनीतिक रुपमा सत्तारुढ दल लिब्रल डेमोक्रेटिकको नेतृत्व चयन निर्वाचन, प्रतिनिधि सभारो तल्लो सदनको प्रतिनिधी सभा निर्वाचन लगायतका महत्वपूर्ण भेटघाट तथा भिडभाड पूर्ण कार्यक्रमहरु पनि एक हदसम्म तय भएका छन् । जसले कोभिड संक्रमण अझै बढाउने डर आम जनमानसमा कायम छ । यि लगायतका सबै परिस्थिति विश्लेषण गर्दा जापानमा कायम आपतकाल सेप्टेम्बर १२ पछि पनि लम्बिने सम्भावना प्रबल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार