मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गर्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  482 पटक हेरिएको

काठमाण्डौँ, भदौ १४ ।  

मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो। स्रोतका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय भएको हो।

‘विद्यमान कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका सवारीसाधन र आन्तरिक उडान गर्न तत्काल सम्भव देखिएन,’ एक मन्त्रीले जानकारी गराए । यस अघिको निर्णयमा भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो।

राजधानीमा कोरोना भाइरसका संक्रमित बिरामी बढिरहेको बेला मन्त्रिपरिषदले साबिकको निर्णयमा पुनर्विचार गरेको हो। कोरोना महामारी बढेपछि राजधानी काठमाडौंमा करिब दुई सातायता निषेधाज्ञा जारी छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय बढाउन खोजिरहेका बेला मन्त्रिपरिषदबाट यस्तो निर्णय आएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार