काठमाडौं, भदौ १४ ।
कोरोना महामारीका बिच पनि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्। हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ ।
भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रहदै आएको छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै सोमबार पाटनको कृष्ण मन्दिरमा पूजा आराधना भएको छ ।कृष्णकै जस्तो पोशाकमा सजिएका बालबालिकारू अभिभावकसँगै मन्दिर पुगेका छन् ।
हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्गे गर्छ । पछिल्लो वर्षहरुमा भने कोरोनाका कारण मन्दिरमा भीड कम भएको थियो ।