जापान, भदौँ १४ ।
हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसिसिको निर्वाचनको तयारी तिब्र रुपमा भईरहेको छ । बिभिन्न देशबाट आईसिसि सदस्य देखि बिभिन्न पदहरुमा उम्मेद्धारी घोषणाहरु पनि भईरहेको सन्दर्भमा जापानबाट आईसिसि एसिया प्यासिफिक उपसंयोजक पदमा ददिवल खड्काले पनि आफ्नो उम्मेद्धारी घोषणा गर्नु भएको छ । सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार पारदर्शिता र संस्थागत विकासको आधार भन्ने मुल मान्यताका साथ जापानबाट ददिवल खड्काले गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको उप संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका छन ।
समाजमा आइपर्ने हरेक सुख दुःखका गतिविधिमा नजिक रहेर सहयोग पुर्याऊदै आइरहेका हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खड्काले वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उदेश्यले विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताको शुत्रमा बाँधेर एनआरएनएको मुख्य उदेश्य “एक पटको नेपाली, सधैंको नेपाली” भन्ने मान्यतालाई चरितार्थ गराउनका लागि आफूले एसिया प्यासिफिकको उप संयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन । एनआरएनएको माध्यमबाट जन्मभूमि नेपालको विकास र संवृद्धिका लागि विदेशमा सिकेको सीप र आर्जन गरेको पूँजीलाई लगानी गर्न प्रोत्साहित गर्दै विदेशमा रहेका नेपालीहरूले सकेको योगदान दिने वातावरण सृजना गर्न आफ़नो मुख्य ध्येय रहेको खड्काको भनाइ छ ।
वैदेशिक रोजगारका क्रममा देखिएका अवसर र चुनौतीलाई संगसंगै आत्मसात गर्ने मनोविज्ञानको सृजना गर्नका लागि आफूले कार्ययोजना सहित काम गर्ने र वैदेशिक रोजगारीका लागि सीपयुक्त जनशक्तिले नै वैदेशिक रोजगारीमा हाल देखिएका समस्याको समाधानमा महत्वपूर्ण योगदान गर्नसक्ने भएकोले त्यसतर्फ आफूले विशेष ध्यान केन्द्रित गर्ने खड्काले बताए । एनआरएनए विदेशमा रहने नेपालीहरूको आस्थाको केन्द्र भएकोले यो आस्था कायमै राख्नका लागि संस्थालाई संस्थागत रूपमा संचालन गर्नुपर्ने, त्यसका लागि नीति नियमको पालना गर्दै चुस्त र पारदर्शी आर्थिक प्रणालीको विकास गरि कार्यान्वयन गर्न आफूले सकेको योगदान प्रदान गर्ने खड्काको योजना रहेको छ ।
भिडियो सामाग्री