जापान, भदौ १४ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसिसि)को एसिया प्यासेफिक युवा संयोजक पदमा दिपक कँडेलले उम्मेदवारी दिने भएका छन् । हाल सोहि पदमा क्रियाशील रहेका कँडेलले एनआरएनए अग्रज अभियन्ताहरुको सल्लाह सुझावलाई मनन गर्दै पुन एकपटक सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विगत १५ वर्षदेखि जापानलाई कर्मथलो बनाउँदै आएका कँडेल औपचारिकरुपमा एनआरएनए जापानको सन २०१५-१७ कार्यकालदेखि पद सहित एनआरएनए अभियानमा जुट्दै आएका छन् । सन २०१५-१७ र सन २०१७ – १९ गरि २ कार्यकाल एनआरएनए जापानको कार्यसमिति सदस्य, सन २०१९-२१ कार्यकालमा एनआरएनए आईसिसि एसिया प्यासेफिक क्षेत्रिय संयोजक लगायतका जिम्मेवारीहरुमा रहि आफ्नो कार्यकुशलता र क्षमता प्रदर्शन गरिसकेका कँडेलले, एसिया प्यासेफिक क्षेत्रको युवा संयोजक पदमा रहि,विश्व कोभिड महामारीमा फसेको विषम परिस्थितिमा पनि केहि उदाहरणीय कामहरु गरी अग्रज, समकक्षी तथा समग्र युवा एनआरएनए अभियन्ताहरु माझ विशेष पहिचान बनाउन सफल भएका छन् ।
कँडेलको संयोजकत्वमा एनआरएनएको इतिहासमै पहिलो पटक विश्वका विभिन्न मुलुकमा रहेका दोश्रो पुस्ताका एनआरएनहरुलाई एनआरएनए र आफ्नो मुल थलो नेपालसंग जोड्ने प्रयास स्वरुप, ‘ राष्ट्रको लागि मेरो सपना’शिर्षको ग्लोबल स्पिच कन्टेस्ट को आयोजना गरी सफलरुपमा सम्पन्न गरेको थियो । यसले विश्वका विभिन्न मुलुकमा हुर्कदै गरेका १९ वर्ष मूनिका बालबालिकाहरुलाई नेपालप्रतिको सपना विजारोपण गराउन महत्वपूर्ण भूमिका खेलेको संयोजक कँडेल तथा एनआरएनए अभियन्ताहरुको ठम्याई छ । यसका अलवा कँडेलकै संयोजन तथा संलग्नतामा ‘1st NRNA Asia Youth Meet’ नामक वृहत र ऐतिहासिक युवा सम्मेलन पनि आयोजना गरीएको थियो । यो संगै अन्य थुप्रै विल्कुलै ऐतिहासिक तथा अत्यन्तै सान्दर्भिक कार्यक्रमहरुको योजनाहरुका साथ अभियानमा जुटेको भएता पनि कोभिड महामारीका कारण सबै सम्पन्न गराउन समयले साथ नदिएकोले उक्त योजना कार्यान्वयन र निरन्तरताको लागी पनि पुन:एसिया प्यासिफ़िक युवा संयोजकमा दोहोर्याउन चाहेको भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।
कँडेलले भिजन अनलाईन न्युजसंग कुराकानी गर्दै भने- ‘ति नै बाँकी योजना र कार्यक्रमहरु कार्यन्वयन गराउन तथा एसिया प्यासेफिक क्षेत्रका १३ वटै मुलुकमा रहेका युवा एनआरएनहरुलाई एक जुट गराउँदै जन्मभूमि नेपालको लागि उल्लेखनीय योगदान दिने योजनाहरुका साथ एसिया प्यासेफिक युवा संयोजक पदमा पुन: एक पटक रहेर काम गर्न चाहन्छु ।’ कँडेल युवाहरुको क्षमता एक्स्चेन्ज गराउँदै,युवाहरुमा निहित क्षमताहरुको भरपूर उपयोग गराउनेतर्फ लक्षित छन् ।त्यसैले आगामी कार्यकालमा फेरि एसिया प्यासेफिक युवा संयोजक रहेर, युथ स्किल एक्स्चेन्ज तथा एसिया प्यासेफिक क्षेत्रका युवाहरु लक्षित खेलकुद प्रवर्दन तथा विकासमा लाग्ने योजनाहरुलाई कार्यन्वयन गराउन चाहन्छन् ।
युवा तथा दोस्रो पुस्ताका एनआरएन मैत्री एनआरएनए बनाउन विशेष जोडतोडले लागेका कँडेल, जापानमा रेस्टोरेन्ट व्यवसायसंगै स्वदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन्। उनि हालसालै संचालनमा आएको चितवन मुटु अस्पत्तालको डाईरेक्टर, डेलिस ओपेरा रेस्ट्रो एण्ड वैंक्वेटका संचालक,मुना कृषि लिमिटेडको प्रमोटर सेयर सदस्य लगायतका अन्य विविध क्षेत्रमा लगानी तथा नेतृत्व बिस्तारमा सकृय रहँदै आएका छन् । कँडेलले व्यवसाय, एनआरएनए अभियान संगै बिहुँकोट अन्तराष्ट्रिय समाजको कोषाध्यक्ष,बिहुँकोट समाज जापानको उपाध्यक्ष जस्ता जिम्मेवारीहरु पनि कुसलरुपमा सम्हाल्दै आएका छन् ।
युवा संयोजक कंडेलसंग गरीएको युवा बहस कार्यक्रम हेर्न नभुल्नुहोला ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।