N4 भएको खण्डमा जुम्बि भिषा, रिफुजि भिषाले पनि तोकुतेई गिनोउ भिषाको परिक्षा दिन पाईने– भिम बहादुर गुरुङ्ग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1091 पटक हेरिएको

जापान, भदौ १३ ।  

जापानमा पछिल्लो समय बिदेशी बिद्यार्थीहरुको लागि भिषा प्रक्रियामा कडाई गरेको छ । नियम भन्दा बढी काम २८ घण्टा भन्दा बढी गरेको पाईएमा सबैलाई जुम्बि भिषा दिदै देश फर्काउने गरेको छ । यो प्रक्रिया यो बर्ष अत्यधिक मात्रामा बढेको छ । यो पटक जापानको पनि फुकुओका केनमा बिद्यार्थी भिषामा जापान आई अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई कडाई गरिएको हो । पछिल्लो समय एउटै बिद्यालयका १२ जना बिद्यार्थीलाई समेत एकै पटक जुम्बि भिषा दिएको फुकुओका केनले बिदेशी बिद्यार्थीहरुलाई यो कोरोना महामारीको समयमा झन थप तनाब सृजना गरिदिएको छ । कोरोनाको तनाबमा बाँचिरहेका बिद्यार्थी तथा अन्य पेशा ब्यबसाय तथा डिपेन्डेन्ट भिषामा जापान आएका बिदेशीहरुलाई जुम्बि भिषाले थप तनाब थपिदिएको छ ।

तर जापान सरकारले कामको मामलामा कडाई गरेतापनि जुम्बि भिषा दिई आफ्नो देश फर्कन परेता पनि पछिल्लो समय चल्तिमा आएको तोकुतेई गिनोउ भिषाको परिक्षामा सामेल हुन पाउने गरि कानुन संशोधन गरिएकोले यसबाट भने केही राहत मिलेको छ । जुम्बि भिषा पाउनेले पनि उक्त परिक्षा पास गरेमा एक पटक आफ्नो देश फर्कि पुनः जापनमा वर्किङ्ग भिषामा आउन पाउने प्राबधानले गर्दा नेपाली तथा जुम्बि भिषा पाउने बिद्यार्थीहरुलाई केही राहत मिलेको हो । तर उक्त परिक्षामा सामेल हुनको लागि JLPT N4 लेबलको परिक्षा पास गरेको हुनु पर्ने समेत अध्यक्ष गुरुङ्गले जानकारी गराउनु भयो ।

तोकुतेई गिनोउ भिषा जापान सरकारले १५ वटा क्षेत्रमा कामदार बिदेशबाट ल्याउने वा जापानमा नै अध्ययन गरिराखेको बिदेशी बिद्यार्थीहरुबाट परिपुर्ति गर्न पाईने गरि कानुन संशोधन गरी सहज बनाएको छ । पहिले जुम्बि भिषा डिपेन्डेन्ट तथा रिफुजि भिषामा रहेका बिदेशी बिद्यार्थी तथा नागरिकहरुले दिन नपाईने कानुन थियो तर पछि यसलाई संशोधन गरि सबैले दिन पाईने प्राबधान राखिएकोले यो सम्पुर्ण बर्गलाई फाईदाको बिषय रहेको यस बिषयमा जानकार नेपाल आदिबास िजनजाति महासंघ क्युस्युका अध्यक्ष भिम बहादुर गुरुङ्गले जनाएको हो ।

भिजन अनलाईनको नियमित भिजन संबाद कार्यक्रम भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

भिजन अनलाईन न्युजको आधिकारिक फेसबुक पेज Visiononlinenews.com तथा युबट्युब च्यानल VISION HD TV लाई लाईक सियर र सब्सक्राईब गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार