कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, कुल मृत्युसंख्या २ सय ७ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  640 पटक हेरिएको

काठमाण्डौं, भदौ १३ ।   

नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ३ महिला र ९ पुरुष सहित १२ जनाको मृत्यु भएको जनाएको हो । यो सगैँ मृत्यु हुनेको कुल संख्या २ सय ७ पुगेको छ । यो संक्रमित संख्याको ०.५५ प्रतिशत हो ।

आज मृत्यु हुनेमा काठमाण्डौको ५१ वर्षे महिला, पाल्पाको ३० बर्षीय महिला, भक्तपुरकी ६२ वर्षे महिला, पर्साका ४८, ३९ दुई पुरुष, गोर्खामा ३८ बर्षका एक पुरुष, काठमाण्डौमा ८३ बर्षका एक पुरुष, ललितपुरमा ७२ र ६१ बर्षका २ पुरुष , भक्तपुरमा ८२ बर्षे पुरुष , सिराहामा ८४ बर्षका एक पुरुष, पोखराका ५८ वर्षे पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार