काठमाण्डौं, भदौ १३ ।
नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम निरन्तर जारी रहेको छ । यसै क्रममा आज नेपालमा ८ सय ८४ संक्रमित थपिएका छन् । देशभरका ल्यावहरुमा १० हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ । त्यस मध्य १० हजार १ सय ३५ संस्थागत आईसोलेसनमा रहेका छन् भने ६ हजार ५ सय ७८ होम आईसोलेसनमा रहेका छन् । अहिले क्वारेन्टाईनमा ८ हजार ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसै गरी कोरोनाबाट मुक्त भई निको हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ । आजै मात्र ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या कुल संक्रमितको ५५ प्रतिशत रहेको छ ।