ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  556 पटक हेरिएको

काठमाडौं, भदौ १३ ।   

ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज ९शनिबार०विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो ।

यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार