जापान, भदौ १२ ।
जापानका प्रधानमन्त्री आबेले पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा राजीनामा दिएका छन । स्वास्थ्य अवस्था खराब बन्दै गएकाले राजीनामा दिनुपरेको बताएका छन । नियमित औषधी खाने र अस्पाताल गइराख्न पर्ने भएकाले १ बर्ष कार्यकाल बाँकी छदै राजीनामा दिनु परेको प्रष्ट परेका छन । ‘मैले गरेका केही प्रतिबद्दताहरु बाँकी थिए तर स्वास्थ्यका कारणले राजीनामा दिन पर्यो’ पत्रकार सम्मेलनमा आबेले भनेका छन ‘यसका लागि मेरा जनतासंग माफि माग्न चाहन्छु ।’ प्रधानमन्त्रि आबेसानको पेटको ठुलो आंद्रामा गम्भीर किसिमको घाऊ भएकोले बाकि कार्यकालको लागि स्वास्थ्यले साथ नदिने निष्कर्ष निकाल्दई पदबाट राजिनामादिएको हो ।
आबेले आफु प्रतिनिधि सभाको सदस्यका हैसियतले आफ्नो जिम्मेवारी निभाउने बताएका छन । आबेले राजीनामा दिएपनि उत्तराधिकारीका बिषयमा भने केही खुलाएका छैनन । तपाईंको जिम्मवारी कस्ले लिन्छ ? भन्ने पत्रकारको प्रश्नमा आबेले भने ‘यो मैले भन्ने र मैले निर्णय गर्ने कुरा होइन ।’ उत्तराधिकारीको बिषय पार्टीले टुङाउने उनले बताएका छन ।
पत्रकार सम्मेलनमा उपस्थित संचारकर्मीहरुले संबिधान संसोधनको बिषय बारे चिन्ता ब्यक्त गरेका थिए तर आबेले भने यस् बिषयमा मैले नतिजा दिन नसकेकोमा माफि चाहन्छु भनेर जवाफ फर्काएका थिए । जापानको संबिधान संसोधनका लागि अहिले संसदमा बहस भईरहेको छ । प्रधानमन्त्री आबेको राजीनामा प्रति प्रतिकृया जनाउने अधिकांस नेताहरुले राजीनामा हतार भएको बताएका छन ।