भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लिद्वारा विषयबिज्ञहरुको उपस्थितिमा बिध्यार्थी लक्षित अभिमुखीकरण कार्यक्रम गर्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  121 पटक हेरिएको

काठमांडौ, भाद्र ११ । 

पछिल्लो समय उच्च शिक्षा अध्ययनको लागि बिभिन्न देशमा अध्ययन भिषामाबिदेश जानेको चाप उच्च रहेको नेपालमा राम्रो रोजगारी आयस्रोत नहुदा नेपालीहरुमा + पास पछिको गन्तव्य नै बिदेश अध्ययन भएको विदेश अध्ययनको लागि बिदेश जाने नेपाली बिध्यार्थीहरुको संख्या उच्च रहेको नेपाली बिध्यार्थीहरुलाई सही शैक्षिक गन्तव्य चुन्न सहयोग पूर्याउने उद्देश्यले भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले आफ़ना बिध्यार्थीहरुलाई मध्यनजर गर्दै बिध्यार्थी अभिमुखी कार्यक्रम २०२२ आयोजना गर्ने भएको स्थापनाको छोटो समयमा नै नेपाली बिध्यार्थीहरुको रोजाईमा रहेको भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि बिभिन्न देशबाट उच्च शिक्षाहासिल गरी बिभिन्न पेशामा आबद्ध ब्यक्तित्वको उपस्थितिमा शैक्षिक अभिमुखी कार्यक्रम गर्न लागिएको हो

पछिल्लो समय बिध्यार्थी भिषा कामदार भिषामा समेत बिध्यार्थी पठाउन शुरू गरीएको भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लिले बिध्यार्थी भिषाको रूपमा जापान, अष्ट्रेलिया, अमेरिका, युके, क्यानडा दक्षिण कोरिया पठाउने तयारी गरेको लामो समय देखी जापानमा बसोबास गर्दै आउनु भएका नेपाल सरकारका पूर्ब कर्मचारी तथा पत्रकार सन्तमान शाक्यद्वारा संचालित उक्त भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लिले २०७९ साल बैशाख देखी शैक्षिक परामर्शको कामको शुरूवात गरेको हो शुरूकै दिन जापानमा बिध्यार्थी भिषाको लागि अन्तवार्ता गरी जना बिध्यार्थीको भिषा प्रक्रिया शुरू गरीएको उक्त भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लिले हाल बिभिन्न देशमा बिध्यार्थी पठाउने तयारीगरीरहेको संचालक तथा म्यानेजिङ डाईरेक्टर सन्तमान शाक्यले बताउनु भयो ।  

जापानमा बसेर बिभिन्न संघसंस्थाका साथै पत्रकारीतामा तल्लीन शाक्य बिभिन्न शैक्षिक परामर्श केन्द्रमा समेत आबद्ध हुदई आएका व्यक्ति हुन हाल आफनै शैक्षिक परामर्श केन्द्र भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा. लि खोलि नेपाली बिध्यार्थीहरुलाई सुलब मूल्यमा उचित परामर्श, भाषा कक्षासहित अध्ययन भिषामा बिभिन्न देशमा बिध्यार्थी पठाउने काममा ब्यष्त हुनुहुन्छ पछिल्लो समय + पास पछीका बिध्यार्थीहरु कम उमेरको हुने उनीहरुमा शारीरिक तथा मानसिक रूपमा परिपक्वता नहुने हुदा उनीहरुलाई सम्बन्धित क्षेत्र जानकार व्यक्तिबाट अभिमुखीकरण तालिम तथा परामर्श कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनुहुन्छ बिध्यार्थीहरुको मनोभावना पछिल्लो समयबिभिन्न देशमा बिध्यार्थी भिषामा देखिएका समस्या, बिध्यार्थी भिषा सम्बन्धीनियम, कामको अवसर चुनौति सम्बन्धी बिध्यार्थीहरुलाई अग्रिम जानकारीगराउनु पर्ने भएकोले अभिमुखी कार्यक्रम आयोजना गरीएको बताउनु भयो । 

बिभिन्न देशमा बिध्यार्थी भिषामा गएका बिध्यार्थीहरु परिवारबाट टाडा हुने, जानेबितीकै भाषाका कारण काम नपाउने, कोठामा एक्लो हुने, कलेज तथा भाषा बिध्यालयको नियम भित्र बस्नुपर्ने, आर्थिक संकट पर्ने यि याबद कारणले गर्दा बिध्यार्थीमा मानसिक रोग देखा पर्ने, डिप्रेशनमा जाने जस्ता घटनाहरु दिन प्रति दिन बड़दई गएकोले यस्ता घटनाहरु न्यूनिकरण गर्न पनि नेपालबाट नै सम्बन्धित कन्सल्टेन्सीले बिध्यार्थीहरुलाई अभिमुखी कार्यक्रम आयोजना गरी सुसुचित गराउनु पर्ने बताउनु हुन्छ

भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा. लिले बिध्यार्थी बर्गलाई लक्षित गरी आयोजना गरीएको उक्त अभिमुखीकरण कार्यक्रममा बक्ताको रूपमा जापानबाट तोकुतेई भिषा स्पेसियलिष्ट तथा गैरआवासीय नेपाली संघ क्यूशुका उपसंयोजक भीम बहादुर गुरुङ, अष्ट्रेलियाबाट कन्सल्टेन्सी एक्सपर्ट सिद्धार्थ राज भण्डारी युकेबाट गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद युकेका निवर्तमान महिला उपसंयोजक रोजिना प्रधानराईको सहभागिता रहनेछ जापान सरकारद्वारा जारी गरीएको नया भिषाप्रक्रिया तोकुतेई कामदार भिषा, अष्ट्रेलिया ईमिग्रेशनले बिध्यार्थी भिषामा गरीएको कडाई युके सरकारले स्वास्थ्य सेवा स्थित नर्सिङ पदका कर्मचारी अभावलाई परीपूर्ति गर्न बिदेशबाट नर्स ल्याउने घोषणा गरेकोले यि विषयहरुलाई थप स्पष्ट पार्न बिध्यार्थी वर्गलाई वैदेशिक अध्ययनको लागि पूर्व तयारीमा सकारात्मक सहयोग पुर्याउने उद्देश्यले तीन देशका प्रतिनिधिहरुलाई बक्ताको रूपमा उपस्थित गराईएको समेत निर्देशक शाक्यले जानकारी गराउनु भयो । 

भिजन अनलाईन न्युज भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा. लिद्वारा संयुक्त रूपमा आयोजना गर्न लागिएको Orientation Program 2022 जुम भर्चुअल माध्यमबाट गर्न लागिएको पनि जानकारी गराउनु भयो उक्त Orientation कार्यक्रम भिजन अनलाईन न्युज लगायत बिभिन्न संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने समेत जानकारी गराउनुभयो उक्त कार्यक्रममा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा. लिका केन्द्रीय कार्यालय काठमंडौ, जिल्ला शाखा कार्यालय धादिङ बिभिन्न जिल्लासम्पर्क कार्यालयबाट बिध्यार्थीहरुको सहभागिता हुनेछ साथै बिभिन्न शैक्षिक परामर्श केन्द्र तथा भाषा केन्द्रहरुबाट समेत बिध्यार्थीहरुको सहभागी हुने जानकारी गराउनुभयो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार