एलिजा र पुष्प अभिनित “म सास बन्न पाए” गीतको भिडिओ सार्वजनिक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  171 पटक हेरिएको

काठमाडौं, भदौ ११ । 

चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडियो सार्वजनिक गरिएको छ। नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द, रचना र संगीत भने वसन्त सापकोटाको रहेको छ।

म्युजिक एरेन्जर सञ्जिव बराईलीले गरेका हुन । पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो। भिडियो निर्देशन तथा कोरियोग्राफी भने शिव बिकको रहेको छ। लकडाउनकै अवधिमा यसअघि एलिजा अभिनित आधी कपाल गीतको भिडिओपनि सर्वाधिक रुचाईएको थियो। भिडियोमा नायक खड्का र नायिका गौतमको पहिलो स्क्रिन सियरमा जोडी जमेको जमेको देख्न सकिन्छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार