कोरोना संक्रमणबाट गर्भवती महिलासहित ८ जनाको मृत्यु, कुल मृतकको संख्या एक सय ८३ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  682 पटक हेरिएको

काठमाडौँ , भदौ ११ । 

नेपालमा कोरोना भाइरसका कारण एक गर्भवती महिलासहित थप आठँ जनाको ज्यान गएको छ । आज ८ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाउनु भएको छ । आज मृत्यु हुनेमा गर्भवती सहित पाचँ महिला र तिन पुरुष रहेका छन् ।

आज ललितपुरकी ६५ वर्षे , बाकेँका ७० वर्षे , कास्कीका ३२ वर्षे , रुपन्देहीकी ७० वर्षे र बाराकी २३ वर्षीय महिलाको कोरोना संक्रमणक कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पुष्टि गर्नुभएको छ । यी मध्य एक जना महिला गर्भवती रहेकी थिइन् ।

यसैगरी काठमाडौँका ४८ वर्षीय , कफिवस्तुका ५० र पर्साका ६२ वर्षे पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । आज आठँको मृत्यु भएसगैं नेपालमा कोरोना संक्र्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८३ पुगेको छ । नेपालमा कुल कोरोना संक्रमित मध्ये ०.५२ प्रतिशतको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार