पछिल्लो २४ घण्टामा ११ सय ११ कोरोना संक्रमित पुष्टि, कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  591 पटक हेरिएको

काठमाण्डौं, भदौ ११ ।  

नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशैभरका ल्याबहरुमा १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा आज सम्मकै सबै भन्दा धेरै ११ सय ११ संक्रमित पुष्टि भएका छन् । यो सगैँ देशभर कुल ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालउको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सक्रिय संक्रमित १५ हजार ३ सय ७३ रहेका छन् । त्यस मध्ये होम आईसोलेसनमा ६ हजार २१० रहेका छन् भने संस्थागत आईसोलेसनमा ९ हजार ६३ छन् । पछिल्लो २४ घण्टामा ५६९ डिस्चार्ज भएका छन् । ६ लाख ४७ हजार ८८१ को पिसिआर परीक्षण भएको छ । ९ हजार ४ सय ८८ जना क्वारेन्टाईनमा रहेका छन् । भेन्टिलेटरमा १७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार