सिपीएलको पाँचौं खेलमा सन्दीपको दुई विकेट, खराब प्रदर्शन गरेका जमैका लक्ष्य पछ्याउँदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  211 पटक हेरिएको

काठमाडौं, भदौ ११ ।  

क्यारेबियन प्रिमियर लिग क्रिकेटअन्तर्गत जमैका तलाहवाजबाट खेलिरहेका नेपाली रष्टिय खेलाडि युवा स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा थप २ विकेट लिएका छन् । विहीबार विहान भइरहेको बार्बाडोस ट्रिडेन्ट्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका हुन् ।

बार्बाडोसका राशीद खानलाई शुन्यमै आउट गरेका सन्दीपले एस्ले नर्सलाई २ रनमै पेभेलियन फर्काए । जमैकाका मुजिबले पनि ३ विकेट लिए । टस हारेर ब्याटिङ गर्न आएको बार्बडोसले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनाएको थियो । बार्बाडोसका लागि कायल मेयरले सर्वाधिक ८५ रन बनाए ।

जवाफी ब्याटिङ गरिरहेको जमैकाले खराब प्रदर्शन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार