प्रदेश १ को मुख्यमन्त्री हेरफेर : शेरधन राई मुख्यमन्त्रीबाट बाहिरीए भीम आचार्य मुख्यमन्त्री नियुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  456 पटक हेरिएको

काठमाडौं, भदौ १० ।   

नेकपा एमाले भित्र शक्ति सन्तुलनको लागी प्रदेश मुख्यमन्त्रीहरु हेरफेर हुने क्रम जारी छ । यसै क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् ।

मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत भएकादे दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ -१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार