पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी, कुल संक्रमित संख्या ३३ हजार ५ सय ३३ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  574 पटक हेरिएको

काठमाण्डौं, भदौ ९ ।   

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

अब कुल सक्रिय संक्रमित १४ हजार २ सय ५० जना रहेका छन् । त्यस मध्य ५ हजार ६ सय ६९ होम आईसोलेसनमा रहेका छन् ।
कोरोना जीतेर आज ३ सय १३ जना घर फर्किएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या १९ हजार एक सय १९ पुगेको छ ।

क्वारेन्टाईनमा १० हजार ४ सय ५३ जना रहेका छन् । ६ लाख २१ हजार ९ सय ३ जनाको अहिले सम्म पिसिआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार