काठमांडौ, भदौ ७ ।
प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले पार्टीको घोषणापत्र तयार पारेको छ। चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकमा घोषणापत्र वितरण गरिएको हो। घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा विकास गर्ने भएको छ।
प्रस्तावित पार्टीका अध्यक्ष नेपालले आफूहरुको उद्धेश्य वैज्ञानिक समाजवाद रहेको पनि बताएका छन्। ‘सामाजिक-आर्थिक-सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ’, घोषणापत्रमा भनिएको छ’, ‘नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ।’
‘पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो’, घोषणापत्रमा भनिएको छ। नेपालले बैठकमा ६ पेज लामो १० बुँदे घोषणापत्र प्रस्तुत गरेका हुन्।
यस्तो छ घोषणा पत्र