एनआरएनए जापानको नवौ साधारणसभा क्यूशुमा गर्ने, तयारी अन्तिम चरणमा रहेको उपाध्यक्ष लक्ष्मण बानियाको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  756 पटक हेरिएको

फुकुओका, भाद्र ८ ।   

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको नवौँ बार्षिक साधारसभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधरण सभा यही सेप्टेम्वर १९ तारिक क्युस्युको फुकोओका शहरमा सम्पन्न हुन गैईरहेको छ ।

एनआरएनए जापानका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बानियाका अनुसार कोभिड-१९ को यस्तो महामारीको समयमा,मानिसहरुको ठूलो जमघट हुने कार्यक्रमहरू नगरेको राम्रो हुने धरणाहरु आईरहेको भएता पनि सामाजिक दुरी क़ायम गर्दै WHO को मापदण्डलाई स्वीकार्दै भौतिक दूरी कायम गर्दै उच्च सतर्कताका साथ गर्ने तयारी गरिएको जनाएको छ ।

‘कोरोना संक्रमणको महामारी अनिश्चित भईरहेको सन्दर्भमा तत्काललाई उच्च सतर्कता अप्नाउँदै आफ्ना दैनिकी तथा नियमित कार्य र ज़िम्मेवारी बहन गर्नुको विकल्प नरहेकोले NRNAको वार्षिक साधारणसभा गर्न लागिएको भिजन अनलाईनसंगको फोन संवादमा जानकारी गराउनु भयो । त्यसैले उच्च सतर्कताका साथ साधरण सभामा सहभागी हुनका लागि अनुरोध गर्दछु।’साथै क्यूशु क्षेत्रीय कार्यसमितिले नि उक्त भेला संचालनको लागि बिभिन्न समितिहरू समेत गठन गरिसकेको केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

केन्द्रीय उपाध्यक्ष तथा सदस्य दय लक्ष्मण बानिया, रामकृष्ण श्रेष्ठ र सुपेंद्र घिसीङले क्षेत्रीय समितिसंगको सहकार्यमा क्यूशुमा हुन लागेको यस साधारण सभालाई भब्यताका साथ सम्पन्न गर्ने बताउनु भयो । उक्त भेलामा-‘आदरणीय अग्रजहरू एवं सम्पूर्ण NRNAका अभियन्ता तथा सरोकारवाला पक्षहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । आउनुहोस् उच्च सतर्कताका साथ साधरण सभामा सहभागी बनौँ । यद्यपी जापान सरकारले कुनै खालको सभा, सम्मेलन वा भेला जस्ता कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको अबस्थामा भने हामी जापान सरकार ले तोकेको नियमको पालना गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार