भरतपुर, भदौ ७ ।
नेपालमा निरन्तर कोरोना संक्रमणबाट हुने मृत्यु संख्या बढीरहेको छ । यसै क्रममा चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा हेटौँडा ३ निवासी ६५ वर्षीय महिलाको उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसै गरी अस्पतालमा आइसियुमा उपचारका क्रममा ४ गते राती मृत्यु भएका हेटौंडा ४ का ५६ वर्षीय पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ । उनको पिसिआर रिपोर्ट आज आए पछि पोजेटिभ पाईएको थियो । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४८ पुगेको छ ।
नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
हालसम्म निको हुनेको संख्या १८ हजार ३५० छ ।