जापान सरकार फुकुसिमा न्युक्लियर पावरप्लान्टका बिकिरण युक्त प्रशोधित पानी समुन्द्रमा मिसाउदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  315 पटक हेरिएको

जापान, भाद्र ५ । 

जापान सरकारले जापानको सबै भन्दा ठुलो आणबिक प्लान्टमा रहेको आणबिक बिकिरण मिश्रित पानीलाई आगामी अगस्ट २४ का दिन समुन्द्रमा मिसाउने भएको छ । जापान सरकारले उक्त पानीलाई बिगत १० बर्षदेखि निरन्तर बिकिरणका कणहरुलाई फिल्टर गर्दै आईरहेको छ । उक्त पानीमा रहेको बिकिरण अबका दिनमा फिल्टर भईसकेको र यसले मानब जीवनमा कुनै पनि असर नगर्ने निष्कर्षका साथै यसलाई यसै आगामी २४ अगष्टका दिन समुन्द्रमा मिसाउने निर्णय गरेको हो । प्रधानमन्त्रि किसिदासानले मन्त्रिपरिषदको बैठकमा उक्त निर्णय गराएका थिए भने फुकुसिमा बसोबास गर्ने जापानी समुदायहरुले भने सारकारको उत्तमm निर्णयलाई बिरोध गर्दै आईरहेको छ । सरकारको यस निर्णयबाट फुकुसिमा बस्ने बासिन्दाबाट भने हालसम्म मिश्रित आवाज आएको छ ।

जापानमा सन् २०११ मा आएको भूकम्प र त्यसपश्चात आएको महासुनामीबाट क्षतिग्रस्त फुकुसिमा न्युक्लियर पावर प्लान्टमा ठुलो क्षति पुगेको थियो । उक्त पावर प्लान्टमा सुनामीबाट न्युक्लियर बिकिरण फैलिएको थियो र उक्त बिकिरणबाट ठुलो क्षति भएको थियो । जापानमा आएको सुनामीबाट भन्दा पनि न्यसक्लियर प्लान्टको बिकिरणको फैलावटबाट मानब जीवनमा ठुलो असर पारेको थियो । त्यसबाट भएको क्षतिले जापान सरकारलाई न्युक्लियर पावरप्लान्टलाई भबिष्यमा पुर्ण रुपमा बन्द गर्ने निर्ण गर्न बाध्य भएको थियो ।

जापान सरकारले बिश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय आणबिक उर्जा एजेन्सीको संयुक्त निगरानीमा फुकुसिमा आणबिक उर्जा केन्द्रको पानीलाई प्रशोधन गर्दै आईरहेको छ । बिश्वस्वास्थ्य संगठन र बिश्व आणबिक उर्जा एजेन्सीको निर्देशिका बमोजिम प्रशोधन गरिएको थियो र यिनै संस्थाबाट उक्त आणबिक केन्द्रमा रहेको पानी अन्तराष्ट्रिय सुरक्षा मापदण्ड बमोजिम रहेको र यसलाई समुन्द्रमा मिसाउन योग्य रहेको प्रतिबेदन पेश गरेपछि जापान सरकारले फुकुसिमा आणबिक उर्जा केन्द्रको पानीलाई समुन्द्रमा मिसाउन लागिएको हो ।

उक्त प्लान्टका संचालकले पनि पानी समुन्द्रमा मिसाउन भन्दा अगाबै उक्त आणबिक केन्द्रमा रहेको पानी समुन्द्रमा मिसाउदा सृजित अबस्था र मानब जीबनमा आएको परिवर्तन र प्रभाबको पूर्ण जिम्मेवारी लिने जनाएपछि फुकुसिमाबासी केही हदसम्म सहमत भएको हो । उक्त आणबिक संचालक टोक्यो ईलेक्ट्रिक पावर कम्पनी टेप्कोले उक्त पानीबाट पर्ने असरको पुर्ण स्वामित्व कम्पनीले लिने जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार