एउटै घोषणापत्रमा चुनाव लड्ने नेकपा एस र नेकपा माओबादीको तयारी , चुनाब लगत्तै पार्टी एकता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  99 पटक हेरिएको

काठमाडौं, भदौ ६ ।  

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको गृहकार्य सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित प्रचण्डको नातेदारको घरमा सोमबार भएको छलफलमा दुवै तर्फका नेताहरू एकताको औपचारिक प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेताहरु तयार भएका छन् । त्यसका लागि दुई वटा काम तत्काल अगाडि बढाउने निर्णय भएको छ । ‘भोलि वा पर्सि नै एकता संयोजन समिति गठन हुन्छ र एकताको अवधारणापत्र तयार हुन्छ’, ती नेता भन्छन् । एकता संयोजन समितिमा दुवै दलबाट पाँचरपाँच जना रहनेछन् । त्यो समितिको नेतृत्व दुवै दलका अध्यक्षले गर्नेछन् ।

१ भदौमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल नै एकता संयोजन समितिमा बस्नुपर्ने सुझाव दिएका थिए । त्यसैअनुसार, माओवादी केन्द्रबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा संयोजन समिति बनाइनुपर्ने तर्क उनीहरुको थियो । नेकपा माओबादी केन्द्रको पदाधिकारी चयनको प्रक्रिया सकिलगत्तै नेकपा माओबादी र एकीकृत समाजबादी लगायतका पार्टी एकताको प्रक्रिया शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार