नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध, पहिरो पन्छाउने कार्य जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  546 पटक हेरिएको

काठमाडौं, भाद्र ६।  

सडकमाथिबाट पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। शनिबा। बिहान दुई बजे चितवनको ईच्छाकामना गाउँपालिका–३ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको एउटा पुलनजिकै सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। हाल भने सडक अहिले पूर्ण रूपमा बन्द रहेको छ। सडक सञ्चालनमा आउन कम्तीमा दुई र तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार