फुकुओका, जापान, भाद्र ४ ।
जापानको फुकुओका शहरमा नेपालको दोलखा जिल्लाबाट अध्ययनको लागि आएकी एक नेपाली बिद्यार्थीले आफ्नै कोठामा आत्महत्या प्रयास गरेको छ । सोमबार साँझ आफ्नो नेपालस्थित परिवारसँग फेसबुक म्यासेन्जरबाट भिडियो कल गरिरहेकी ति युवतीले पारिवारीक असमझदारीका कारण आफ्नै कोठामा आत्महत्या प्रयास गरिएको बुझिएको छ । आत्महत्या प्रयासपछि नेपालस्थित परिवारको अपिलमा जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपालीहरुको प्रयासमा उद्धार गरी अस्पताल लगिएपनि बचाँउन नसकिएको एनआरएनए क्युशुका संयोजक भीम गुरुङ्ग ज्युले जनाएको छ ।
आत्महत्याको कारण भने परिवारस्रोत नखुलाएको अपुष्ट जानकारी प्राप्त भएको छ । फेसबुक कलमा नै आत्महत्या प्रयास गरेकी ती युवतीले आफ्नो कोठाको ढोका बन्द गरि झण्डिएको कारण उद्धारमा ढिला भएको र प्रहरी आएपश्चात ढोका फोरेर उद्धार गरि अस्पताल लग्दा नै निधन भईसकेको फुकुओकाबाट नेपालीहरुले जनाएको छ । तर अस्पताल स्रोतले भने बिहान मात्र आधिकारीक जानकारी दिने जनाएको छ । प्राप्त जानकारी अनुसार अचेत अबस्थामा रहेकी ती युवती रबीना बुढाथोकी रहेको बुझिएको छ ।
पछिल्लो केही दिन अघिमात्र एउटै कलेजमा अध्ययनरत साथीलाई केही समयको लागि नेपाल जानुपर्ने भएकोले नेपाल जाने टिकट बुझ्न समेत भनेको जानकारीमा आएको छ । तर के कारणले छोटो समयको लागि मात्र नेपाल जान लागेको भन्ने पनि खुलेको छैन । परिवारसँगको भिडियोकलमा नै आत्महत्या प्रयास गरिएकोले परिवार र निज बिच बिगतका दिन देखि नै केही बिषयमा असमझादी रहेको र उक्त असमझदारी बढ्दै जादा आत्महत्याको प्रयास गरिएको आकलन लगाउन सकिन्छ । निजले आत्महत्या अघि आफु बस्ने कोठामा वा कुनै पनि साथीसर्कल र समेत जानकारी नदिएको र सुसाईट नोट पनि नभेटिएको प्रहरी जानकारी गराएको छ ।
आत्महत्याको प्रयास पश्चात उद्धारको लागि फुकुओकामा रहेको बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, भाषा कलेका जापनिज तथा नेपाली शिक्षक र अन्य ब्यक्तिहरुको उपस्थितिमा उद्धार गरिएको एनआरएनए क्युशु क्षेत्रिय कार्यसमितिका संयोजक भीम बहादुर गुरुङ्गले जानकारी गराउनु भयो । आत्महत्याका बिभिन्न कारण रहेको अष्पष्ट रुपमा जानकारी आएपनि आधिकारीक रुपमा भने हालसम्म केही पनि जानकारी नआएको जनाएकोम छ । अस्पताल स्रोतले बिहान ३ बजेतिर निधन भैसकेको आधिकारीक जानकारी दिएको र अब निजको पार्थिब शरिरलाई जापानमा अन्तिमसंस्कार गर्ने वा नेपाल पठाउने भन्ने बारे भने परिवारस्रोतबाट कुनै पनि अनुरोध नआएको जनाएकोम छ । परिवार, भाषा बिद्यालय र नेपाली समुदायका अग्रज ब्यक्तित्वहरुसँगको छलफल पश्चात निर्णय गरि बाँकि प्रकृया अगाडी बढाउने समेत एनआरएनए क्युशुका संयोजक भीम गुरुङ्ग ज्युले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।