गायिका सरु गौतम र नबिन रावलको आवाजमा रहेको “किस धेरै गर्छु मिस” गीत सार्वजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  136 पटक हेरिएको


काठमाण्डौँ, भाद्र ४ । 

नेपाली सांगितिक क्षेत्रका चर्चित गायिका सरु गौतम र गायक नबिन रावलको आवाजमा सजिएको “गर्छु धेरै मिस” गीत बजारमा आएको छ। टि ईन्टरटेनमेन्टको व्यानरमा बनेको गर्छु धेरै मिस गीतमा मिलन बिष्टको शब्द र नबिन रावलको म्युजिक, मोहित मोनाल एरेन्जर र प्रिज्मा स्टुडियोमा रेकर्डि गरिएको हो । नबिन रावलको संगीत रहेको छ । गीतको निर्देशन भने लक्ष्मण सुनारले गरेका हुन्।

पछिल्लो समयका युवा पुष्तालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको उक्त गीत भिडियोमा मोडलिङ्गमा एलिशा शर्मा र बेष्ट ब्रोदरका नेपालका कलाकारहरुले अभिनय गरेका छन । नायिका एलिशा शर्माको मुख्य भूमिका छन् । उक्त मिलन बिष्टको शब्द र नबिन रावलको म्युजिक, मोहित मोनाल एरेन्जर र प्रिज्मा स्टुडियोमा रेकर्डि गरिएको उक्त गीत आज टी ईन्टरटेनमेन्टको अफिसियल युबट्युब च्यानलबाट आज सार्वजनिक गरिएको हो । उक्त गीतलाई हेर्नको लागि तल क्लिक गर्नुहोला र हेरेर प्रतिक्रिया दिनुहोला ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार