गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO) द्वारा वितरण गरिने छात्रवृद्धिको फारम खुल्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1184 पटक हेरिएको

 

जापान, भाद्र ४ ।   

गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO) भन्ने जापनिज संस्थाले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गरिने भएको छ ।आवेदन सेप्टेम्बर १६ सम्ममा आईएचएनओ(IHNO)को ठेगनामा पोष्ट गरीसकेको हुनुपर्ने छ।

उक्त छात्रवृत्तीको लागि , गत जुलाई ३१ मा एनआरएनए जापानको तर्फबाट अध्यक्ष देबिलाल भण्डारी र आईएचएनओको (IHNO तर्फ बाट प्रमुख योसीहारु कोमियाले सहमती पत्रमा संयुक्त हस्ताक्षर गरेका थिए । छात्रबृति बितरणमा समन्वयकारी भुमिका निर्वाह गर्नका लागि एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानियाको नेतृत्वमा अर्का उपाध्यक्ष दिपक कार्की, महासचिब जनक बिक्रम शाही,सचिब बिकास बस्नेत, महिला संयोजक संगिता अधिकारी, कान्तो संयोजक राकेश रुम्बा, क्युस्यु  संयोजक  देवराज उप्रेती, खान्साई संयोजक कृष्ण  गैरे , नागोया संयोजक श्याम  सितल श्रेष्ठ, शिजुओका संयोजक रमेश  भन्डारी, चिवा संयोजक  बिश्व सुबेदी, निगाता संयोजक दिपक  सुनार , नागानो संयोजक बिजय कार्की, ओकिनावा संयोजक  प्रितम पुन गर्बुजा, र गुन्मा कुमार लामिछाने रहने गरी १५ सदस्य टिम बनाईएको छ। छात्रबृतिका लागी आवेदन दिन चाहने बिधार्थीहरूले केही जान्न चाहेमा उल्लेखित पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ ।

छात्रबृतिका लागि आवेदन दिए पनि IHNO ले तोकेको मापदण्ड भित्र परेमा मात्र छात्रबृतिका लागि योग्य हुने प्रबक्ता सिद्धार्थ श्रेष्ठ बताउनु भयो। यस छात्रवृत्तिमा सहभागी बिधार्थी ले एनआरएनए जापानको सदस्यता फारम समेत भर्नु पर्ने छ।

आवेदन पठाउनुपर्ने ठेगना तल उल्लेख गरिएको छ ।
〒100-0014
東京都千代田区永田町2-17-17アイオス永田町505

IHNO事務局
03-6550-8811

आवेदनका लागि आवाश्यक कागजातहरु

आवेदन फारम

आवेदन पत्रको नमुना ( यो हेरेर लेख्ने तरिका थाह पाउनुहोस्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार