पछिल्लो २४ घण्टामा छ जना कोरोना संक्रमितको मृत्यु , कुल मृतकको संख्या १२० पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  690 पटक हेरिएको

काठमाडौँ , भदौ ३ । 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण आज छ जनाको ज्यान गएको छ । यो सगैं कोरोनाको कारण नेपालमा ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिगंका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज छ सहित कुल १२० जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

काठमाडौं र बर्दियाका एक÷एक गरी दुई पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका ४ महिलासहित कुल ६ जनाको कोरोनाका कारण मृत्यु भएको हो प्रवक्ता गौतमले पुष्टि गरेका छन् । गत २४ घण्टामा १२० जना कोरोना संक्रमित कोरोना संक्रमण मुक्त भइ घर फर्केका छन् । यो सगैं कोरोना निको भइ घर फर्कनेको संख्या १७ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छ । न्क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् भने आइसोलेसनमा ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ। पछिल्ला दिनहरुमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गईरहेको र कोरोना संक्रमणको जोखिम उच्च भईरहेको छ । पछिल्लो समय कोरो स्थानीय निकाय र यसबाट नेपालका कर्मचारी, सेना प्रहरी, चिकित्सक, नर्स, पत्रकार, जनप्रतिनिधिहरु संक्रमित भईसकेको अबस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार