पछिल्लो २४ घण्टामा उपत्यकामा १५९ सहित ६८१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या २८ हजार ९३८ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  620 पटक हेरिएको

काठमाडौं, भदौ ३ ।  

पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार