गायक सुजन र मोडल नृतिका शाक्यको अभिनय रहेको तिम्रो यादमा गितको भिडियो सार्वजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  937 पटक हेरिएको

काठमाण्डौँ, साउन ३१ । 

गायक सुजन माईकल श्रेष्ठको आवाजमा रहेको पप-आधुनिक गित तिम्रो यादमा गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । हिजो साँझ सुजन माईकल श्रेष्ठको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको तिम्रो यादमा गितको रचनाकार भने संजित श्रेष्ठले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै पर्खि बस्नु है गीतबाट म्युजिक भिडियो अभिनयमा होमिएकी फेसन डिजाईनर तथा मिस टिन नेपाल २०१६ का मिस पब्लिक च्वाईस अवार्ड समेत जितेकि कलाकार नृतिका शाक्यले गीतको भिडियो चाडैँ नै बजारमा आउने दर्शक स्रोताहरुलाई जानकारी गराएकी थिई ।

उक्त गीतमा कलाकार तथा गायक सुजन माईकल श्रेष्ठ र फेसन डिजाईनर तथा कलाकार नृतिका शाक्यको अभिनय रहेको छ । मोडल तथा फेसनडिजाईनर समेत रहेकी नृतिका शाक्यको भने पर्खि बस्नु है मलाई गोधुलि साँझमा गीतको म्युजिक भिडियो पहिलो रहेको थियो भने भर्खरै सार्वजनिक तिम्रो यादमा बोलको म्युजिक भिडियो दोस्रो रहेको छ । उक्त गितको भिडियो डाईरेक्सन भने प्रतिस प्रजोलले गरेका हुन भने क्यामराम्यानको भुमिकामा दिपक मोक्तानरहेको छ । उक्त गितको लागि मोडल तथा कलाकारको लागि ड्रेस डिजाईन भने फेसन डिजाईनर तथा कलाकार नृतिका शाक्य स्वयमले गरेकी जनाएको छ ।

कलाकार तथा गायक सुजन माईकल श्रेष्ठको आफ्नै अफिसियल युबट्युब च्यानलबाट सार्वजनिक गरीएको तिम्रो यादमा गीतमा सामाजिक परिबेश, माया पिरेम, परदेशीको कथा र बिछोड पछिको मिलनले श्रृजित खुसीलाई भिडियोमा उतार्ने प्रयास गरिएको छ । उनै नव कलाकार तथा फेसन डिजाईनर नृतिका शाक्यको अभिनय र कलाकार तथा गायक सुजन माईकल श्रेष्ठको आवाजमा रहेको तिम्रो यादमा गीतको भिडियो तल साभार गरेका छौँ हेरेर प्रतिक्रिया दिनु होला ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

सम्बन्धित समाचार यो पनि हेर्नुहोस् । 

मोडल तुलशा कटुवालको अभिनय रहेको “प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस” गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार