जापान, भदौ १ ।
हरेक वर्ष बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएका फ़ूकूओका नेपाल सोसाइटीले यस वर्ष पनि नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पर्वको अवसरमा जापानमा अनलाइन नृत्य प्रतियोगता आयोजना गरिएको छ । हरेक वर्ष नेपालबाट चर्चित कलाकारहरुको उपस्थितिमा बिशेष तीज कार्यक्रम गरी मनाऊने फुनेसोले बिश्व कोरोन भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भलाई मध्यनजर गर्दै अनलाईन नृत्य प्रतियोगिताको आयोजना गरीएको अध्यक्ष माधव सिग्देलले भिजन अनलाईन न्युजलाई जानकारी गराऊनु भयो ।
फुकुओका नेपाल सोसाइटीले ‘अनलाइन तीज नृत्य प्रतियोगिता २०२१’ को आयोजना गरेको हो । प्रतियोगिताका लागि अगस्ट ९ देखि २१ तारिखसम्ममा भिडियो संकलन, अगस्ट २३ मा भिडियो प्रकाशन र सेप्टेम्बर ९ मा नतिजा प्रकाशन गर्ने आयोजकले जनाएको छ ।
भिडियो पठाउनका लागि funeso1995@gmail.com इमेल आइडी दिइएको छ । प्रतियोगिताका लागि ख्याति प्राप्त कलाकारहरु स्मृति तिमिल्सिना, रञ्जिता गुरुङ र करिष्मा ढकल निर्णायक मण्डलमा रहेका छन् । प्रथम हुनेले ४४ हजार ४४४, द्वितीयले ३३, ३३३, तृतीय हुनेले २२, २२२ र सान्त्वना पुरस्कार १५ हजार निर्धारण भएको छ ।
प्रतियोगिताका लागि समूह तथा एकल दुवै खाले नृत्यलाई प्रतियोगितामा सहभागी गराइने, भिडियो ३ मिनेटदेखि ५ मिनेटसम्मको हुनुपर्ने, भिडियो सुरुदेखि अन्तिमसम्म एकैटेकमा खिचिएको र सम्पादन नगरिएको हुनुपर्ने, तीज गीतमा नै नाचेको हुनुपर्ने लगायत मापदण्ड तोकिएको छ ।