काठमाडौं, भदौ १ ।
वाग्मती प्रदेशसभाकी उपसभामुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपसभामुख तामाङ कोरोना संक्रमण पुष्टि भएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन् ।
उनका अनुसार केही दिनअघि काठमाडौंमा बैठक गर्ने क्रममा आफू पनि संक्रमित भएको अनुमान रहेको उपसभामुख तामाङको छ । अहिले उपसभामुख आफ्नै क्वार्टरमा आइसोलेसनमा रहेकी छन् ।
उपसभामुख तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको पनि चिकित्सकलाई उद्धृत गर्दै स्वकीय सचिव थापाले जानकारी गराइन् ।
नुवाकोट क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित प्रदेश उपसभामुख तामाङ नेकपा नेतृ तथा पूर्वकृषि राज्यमन्त्री हुन् । तत्कालीन नेकपा (माओवादी) सशस्त्र विद्रोहका क्रममा ६०/६१ मा नुवाकोटमा जनसरकार प्रमुखको भूमिका निर्वाह गरेकी तामाङ दोस्रो संविधानभामा सभासद बनेकी थिइन् ।
भिजन अनलाईन न्युज परिवार बाग्मति प्रदेशसभाका उपसभामुख तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।