काठमाण्डौँ, भाद्र १ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा उद्योग ब्यबसायी बिशेष कमिटिका अध्यक्ष तथा सफल पर्यटन ब्यबसायी कमल सापकोटाले वर्तमान सरकार आफ्नै गतिमा पार्टीको निति निर्देशन, बिधि भन्दा बाहिरबाट आफुखुसी चलेकोले पार्टी भित्र बिबिाद सृजना भएको बताएका छन । पार्टीका अध्यक्ष क. प्रचण्डको बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि उच्च स्तरिय संयन्त्र निर्माण गरि सबै पार्टी एक जुट भई लाग्नु पर्ने प्रस्ताबलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्रिले नमान्दा हाल कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असफल भएको जिकिर गर्नुभयो ।
कोरोना भाईरस समुदाय स्तरमा फैलिसकेकोले यो अझ भयाबह हुने निश्चित भएकोले सरकारले यसलाई गम्भिर रुपमा लिई आबश्यक मात्रामा क्वारेन्टाईनको ब्यबस्था, कोरोना फैलिएको आधारमा रेड जोन, ग्रिन जोन र एल्लोजोन तत्काल निधारण गरि सोहि अनुरुप कडाईका साथ लकडाउन लगायत अन्य निराकरणका उपायहरु अबलम्बन गर्नुपर्ने बताए ।
नेकपा भित्रको बिबाद समाधानका लागि पनि पार्टी एकिकरण कै बखत भएको सम्झौतामा टेकेर सोही सम्झौतालाई पालना गर्दै अघि बढेमा पार्टी नफुट्ने जिकिर गरे । पार्टी भित्रको बिबाद पार्टीको बिधि र पद्धतिको बिरुद्ध रहेकोले यदि प्रधानमन्त्रिले पार्टीको बहुमतको निर्णय नमानेको खण्डमा बहुमतका आधारमा सरकारबाट समेत हटाउन सक्ने बताए । आईतबार बेलुकि भिजन अनलाईन न्युजबाट प्रसारित बिशेष संबाद भिजन संबाद कार्यक्रममा पत्रकार सन्तमान शाक्यसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
कोरोनाका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाब परेकोले यसबाट राष्ट्रको आर्थिक क्षेत्रमा बढि असर परेको पनि बताउनु भयो । नेपालको अर्थतन्त्र पूर्णतया ब्यापार ब्यबसाय र पर्यटन क्षेत्रमा निर्भर रहेकोले यसले नेपालको अर्थतन्त्रमा असर पारेको र तत्काल पर्यटन क्षेत्र नखुल्ने भएकोले पर्यटन क्षेत्र धरापमा परेको समेत बताउनु भयो । पर्यटन क्षेत्रमा रहेका कयौँ पर्यटन ब्यबसायी तथा मजदुरहरु आर्थिक मारमा परेको र यसको निराकरणको लागि सरकारले तत्काल अनुगमन गरि राहत प्याकेजको ब्याबस्था गर्नुपर्नेमा जोड दिनु भयो ।
भिजन अनलाईन न्युजसँगको बिशेष अन्तवार्ता भिजन संबाद भिडियो हेर्न तल क्लिक गर्नुहोस ।