जापान, साउन ३० ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लामो विवाद सहमति भएको छ । मंगलबार टोक्योमा दुई पक्षबीच वार्ता बसेर सहमति गराएको हो । एनआरएनए आइसीसीका पूर्वअध्यक्ष भवन भट्टको अगुवाईमा बसेको वार्ताले शिवप्रसाद पौडेललाई अध्यक्षमा अनुमोदन गरेको छ भने अनिता गुरुङलाई संरक्षकमा मनोनित गरेको छ ।
वार्तामा एनआरएनए आइसीसी भट्ट, एनआरएनए आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यसिफिक संयोजक डिपी कँडेल, उप-संयोजक ददिवल खड्का, शिबप्रसाद पौडेल, बलराम श्रेष्ठ, अनिता गुरुङ, सिद्धार्थ श्रेष्ठ, सरोज खत्री, सालिकराम भण्डारी, बुद्धीराज घिमिरे, बिजय थकाली लगाएत पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले र पत्रकार शान्त पहरीको रोबरमा सहमति भएको छ ।
गत २०२१ जुलाई ३० मा भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद रहेको थियो । बिगतमा भएको १७०० भोट एमआईएस सिस्टम ह्याक गरी पौड़ेल पक्षले निर्वाचन जितेको आरोप लगाउदई आएका असन्तुष्ट पक्षले अन्तत शिब पौड़ेललाई नै अधिकारिक अध्यक्ष मान्दै सहमति गरेका हुन । समानान्तर समिति चलाउदई आएका अनिता गुरुङलाई एनआरएनए जापानको संरक्षणको रूपमा राखदै अन्य असन्तुष्टलाई बिभिन्न बिभागमा समावेश गर्ने तयारी रहेको महासचिब सिद्धार्थ श्रेष्ठले जनाएको छ ।