काठमाण्डौँ, साउन ३२ ।
गजल शिर्षक : मनका कुरा
कहिलेकाँही त एकान्तमा आँसु झार्नुको मज्जा बेग्लै
कसैका लागी जानीजानी आफु हार्नुको मज्जा बेग्लै !!
त्यागमा पनि जिन्दगीले खुशी भेट्दो रहेछ अचम्मैसंग
गल्ती बिना पनि सजाँय त्यो स्विकार्नुको मज्जा बेग्लै !!
मौका मिलाएर भने पक्कै फुक्थे होला वाधा अड्चन
मनको कुरा मनभित्र भित्रै गाँठो पार्नुको मज्जा बेग्लै !!
को होला मन नगर्ने बिलासीताको सयर गर्नलाई रमाई
छेउमै रहेको खुशीलाई अली पर सार्नुको मज्जा बेग्लै !!
सम्झौता र समर्पण बिचमा हुन्छ सायद जीत लुकेको
आफु डुब्दै डुब्दै अरुलाई पारी तार्नुको मज्जा बेग्लै !!
थाहा नभएझै गरी सलबलाएका ती इच्छा चाहनाहरु
तड्पाईतड्पाई आफ्ना रहर आफैं मार्नुको मज्जा बेग्लै !!
लेखक : सि.डि.ई.सुदिना कुईकेल
राष्ट्रिय सतर्कता केन्द्र
सिंहदरबार, काठमाण्डौँ
सिंहदरबार, काठमाण्डौँ