वीरगन्ज , साउन ३१ ।
नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनीबार बिहान ७ बजेतिर मृत्यु भएको थियो ।
मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएकोमा आज रिर्पोट आउदा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
१० दिनदेखि ज्वरो र खोकीले ग्रस्त उनमा शनिबार बिहान अचानक श्वास फेर्न गाह्रो भएपछि अस्पतालमा ल्याइए लगत्तै उनको मृत्यु भएको डाक्टर सिंहले बताए। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ।
त्यस्तै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय तिन पुगेको छ ।