जापान, साउन ३० ।
शुक्रवार अगस्ट १४ तारिख जापानभर १३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा बढेको हो । शुक्रवार टोकियोमा ३८९ जना,ओसाकामा १९२ जना, फुकुओका केनमा १२५ जना, खानागावा केनमा ११७ जना, ओकिनवा केनमा १०६ जना, आईची केनमा ८८ जना, साईतामा केनमा ५६ जना, चिबा केनमा ५१ जना, ह्योगो केनमा ३४ जना, होक्कादोमा १२ जना, आओमोरी केनमा १ जना, आकिता केनमा १ जना, फुकुसिमा केनमा १ जना, ईबाराकी केनमा १२ जना, तोचिगी केनमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै गुन्मा केनमा १६ जना, तोयामा केनमा २ जना, ईसिखावा केनमा १३ जना, यामानासी केनमा ३ जना, नागानो केनमा ५ जना, गिफु केनमा ८ जना, सिजुओका कानमा १३ जना, मिए केनमा ७ जना, सिगा केनमा ७ जना, क्योउतोमा ३० जना, नारा केनमा १३ जना, वाखायामा केनमा १ जना, ओखायामा केनमा ४ जना, हिरोशिमा केनमा २ जना, तोकुसिमा केनमा ११ जना, खागावा केनमा १ जना, एहिमे केनमा १ जना, सागा केनमा ५ जना, नागासाकी केनमा ५ जना, कुमामोतो केनमा १२ जना, ओईता केनमा १ जना, मियाजाकी केनमा १ जना, खागोसिमा केनमा ४ जना र एयरपोर्ट क्वारेन्टाईनमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानमा हालसम्म ५५ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये १ हजार ८९ जनाको निधन भएको छ भने ३८ हजार ७७ जनाले स्वास्थ्य लाभ लिएका छन् । पछिल्लो समय जापानको फुकुओका केन स्थित रहेका बिभिन्न जापनिज भाषा बिद्यालय, सेनमोन गाक्को र बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । तर हालसम्म कति नेपाली बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ सो बिबरण भने सार्वजनिक गरिएको छैन ।