भारी बर्षाका कारण जापानका पश्चिमि क्षेत्र फुकुओका, सागा, नागासाकी र हिरोसिमा जलमग्न, बिहानबाटै ट्रेनसेवा बन्द

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  369 पटक हेरिएको

जापान, साउन ३० । 

जापानको पश्चिमि भागमा भारी बर्षाका कारण जापानको सागा प्रान्तमा रोक्काकु नदिमा आएको बढीका कारण त्यस क्षेत्रका बस्तीहरु जलमग्न भएका छन् । केहिदिन देखि निरन्तर परिरहेको अत्याधिक वर्षाका कारण, त्यस क्षेत्रका दशौँ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । मौसम विभाग एजेन्सीका अनुसार जारी वर्षा भोली ९ १५ अगस्ट ० सम्म लम्बिने आँकलन गरिएको छ । जसका कारण, त्यस क्षेत्रमा अझै उच्च सतर्कता अप्नाउनु जरुरी छ । अधिकांस खोला नालामा पानीको सतह बढेको छ भने, निरन्तरको वर्षाले कमजोर बनाएका माटोका ढिस्काहरु खस्न थालेका छन् ।

भारी बर्षाका कारण जापानको फुकुओका, नागासाकी लगायतका पश्चिमि क्षेत्रमा यातायातको र्आशिक साधनहरु मात्र संचालनमा आएको फुकुओका केनले जनाएको छ । फुकुओकामा हाल निसितेचु तेन्जिङ्ग–ओमुतालाई र जेआर मोजिको–हाकाता–तोसु लगायतका क्षेत्रमा संचालित सम्पुर्ण रेलसेवा आज बिहानबाट बन्द रहेको समेत जानकारी गराएको छ ।

जापानी संचार माध्यमहरुमा प्रकाशित समाचारहरुका अनुसार सागा, हिरोशिमा,नागासाकी र फुकुओका सहित गरि ५ लाख ८० हजार घर परिवारहरु यसबाट प्रभावित भएका छन् । उनिहरु मध्ये कतिपयलाई सुरक्षित स्थानमा सारिएको छ भने कतिपयलाई सुरक्षाका लागि पुर्वतयारी गर्न विशेष सुचनाहरु जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार