जापानबाट चर्चित गायक बेग राना र मन्जु लवती थापाको तीज गीत कर्मैमा पाको भाका बजारमा

प्रकाशित:  646 पटक हेरिएको

जापान, साउन २९ । 

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित जापानको फुकुओका शहरमा बस्दै आउनु भएका एक लोकप्रिय गायक तथा सर्जक बेग रानाको मौलिक तीज गीत ‘कर्मैमा पाको भा’ बजारमा आएको छ।

बर्षौ देखि जापानमा रेष्टुरेन्ट पेशा ब्याबसाय गर्दै आउनु भएका गायक तथा सर्जक प्रवासमा रहेर पनि दोहोरी गीतहरुलाइ निरन्तर स्थान दिदै आएका छन । गायक बेग राणा र गायिका मन्जु लवती थापाको सहकार्य यस अघि पनि सहकार्य भएको थियो भने यो पटक पनि दोहोरीएको छ।

मन्जु लवती थापा र बेग रानाले आवाज दिएको उक्त गीतमा बेग रानाकै लय र शब्द रहेको छ। गीतमा अभिनय भने लोमश शर्मा र स्मारिका ढकालले गरेका छन।निशान एस के को निर्देशन र दिपक गिरीको छायांकन रहेको भिडियोको सम्पादन भने अमृत चापागाईंले गरेका हुन्। भिडियो बेग राना अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरीएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार