एनआरएनए क्युस्युद्धारा जापानब्यापी निबन्ध प्रतियोगिता गर्दै, प्रतियोगीताको अन्तिम नतिजा अगष्ट १५ तारिक जुम भर्चुअल माध्यमबाट गरिने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  650 पटक हेरिएको

जापान, साउन २९ ।  

जापानको फुकुओका स्थित रहेको गैर आवासीय नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ,एनआरएनए जापान, क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जापानमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थी, रोजगार र व्यवसायमा आबद्ध गैर आवासीय नेपालीहरुमा लुकेको आफ्नो साहित्यिक प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ मैले चिनेको र चाहेको एनआरएनए विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको छ । साहित्यमा रुची राख्ने जापानबासी गैर आवासीय नेपालीहरु माझ एनआरएनए प्रतिको चासो, चिन्ता र भाबि एनआरएनए कस्तो हुनुपर्छ भन्ने बिषयमा निबन्ध प्रतियोजना गर्न लागिएको एनआरएनए क्युस्यु क्षेत्रिय कार्यसमितिका संयोजक अर्जुन थापाले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । हालसम्म जापानव्यापी खुल्ला निबन्ध प्रतियोगिताका लागि ३२ स्रष्टाले निबन्ध पठाएको जनाएका छन् ।

२०२१।०७।१६ बाट २०२१।०८।१० सम्म जापान भरीबाट ३२ वटा निबन्ध संकलन भएको आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए क्युस्यु) ले जानकारी दिएको हो। प्राप्त निबन्धबाट विजेता घोषणा भने आइतबार जुम मार्फत सार्वजनिक गरिने जनाएको छ । ‘पूर्वनिर्धारित कार्यक्रमअनुसार २०२१।०८।१५ तारिख आइतबार साँझ ७ बजेबाट जुममार्फत निर्णय सार्वजनिक गर्ने हुँदा यस प्रतियोगितामा सहभागिता जनाउनु भएका प्रतिस्पर्धीहरुलाई हार्दिक अनुरोध गर्दछौं,’ एनआरएनए क्युस्युले शुक्रबार निकालेको बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर एनआरएनए क्युस्युद्वारा आयोजित निबन्ध प्रतियोगिताका लागि सफल व्यवसायी, समाजसेवी एवं गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी निवर्तमान सदस्य टंक गैरेले सम्पूर्ण पुरस्कार राशि प्रायोजन गरेका छन् । गैरेले १ लाख ५० हजार येन बराबरको पुरस्कार राशि स्पोन्सर गरेको एनआरएनए क्युस्युका संयोजक थापाले जानकारी गराएका हुन् । उक्त प्रतियोगिताका बिजेता प्रतियोगिहरुले प्रथम हुनेले ७५ हजार येन, द्वितीयले ५० हजार येन, तृतीयले २० हजार येन र सान्त्वना पुरस्कार १० हजार येन पाउने छन् ।

गैर आवासीय नेपाली संघ, क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा आयोजना गरिएको निबन्ध प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन कार्यक्रमको प्रत्यक्ष प्रसारण जापानबाट संचालित सम्पुर्ण संचारमाध्यमबाट प्रसारण गरिने समेत भएको छ । उक्त कार्यक्रमको मिडिया संयोजनको जिम्मेबारी भने जापानको फुकुओकाबाट प्रसारण तथा संचालन हुँदै आएको भिजन अनलाईन न्युजलाई दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार